सेयर बजारमा दोहोरो अंकको गिरावट
बिजनेसपाटी १२ माघ
मंगलबार २५ अंकले झरेको बजार आज बुधबार ३६ अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा पुगेको हो । आज १३५ कम्पनीको १७ कित्ता सेयर ५९ करोड २८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ करोडले बढेको हो । आज प्रभु बैंककै १७ करोडको संस्थापक सेयर किनबेच भएपछि कारोबार रकम बढेको हो ।
आज बिमा २६७.४१ अंकले ओर्लिएको छ । बैकिङ सुचक ३६ अंक तल आएको छ । होटल साढे ५८, विकास बैंक सवा २९, जलविद्युत साढे ५१, फाइनान्स २५ र अन्य सवा दुई अंकले झरेको छ।
आज सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य २ दशमलब ६६ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य २ प्रतिशतले बढेको छ । बाँकीको एक भन्दा कम प्रतिशतले सेयर मूल्य बढेको छ ।
बुधबार सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनी र नेरुडे लघूवित्तका लगानीकर्ताले वढि १० प्रतिशतका दरले गुमाएका छन्। बरुण हाइड्रोपावर कम्पनी र सगरमाथा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया