सेयर बजारमा पुन ब्रेक, बजार फेरि १६०० अंक तल

विजनेसपाटी १६ मंसिर
सेयर बजारमा अाज बिहीबार पुन ब्रेक लागेको छ । बिहीबार बजार ८.३७ अंकले झरेर फेरि १६०० अंक तल आएको छ। बजार दोहोरो अंकसम्मले झरेको थियो। सेयर बजार ओरालो लागेपनि अाज कारोबार रकम भने घटेको छैन। अाज बिहीबार दिनभरीमा १३८ कम्पनीको एक अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बाणिज्य बैंकहरु र बिमाले धोका दिँदा बजार ओरालो लागेको हो। बैंकिङ ११.६३ र बिमा ३७ अंकसम्मले झरेको छ। विकास बैंक, उत्पादनमूलक र अन्य सुचक वढेको छ। लघुवित्त कम्पनीको सेयर मूल्य वढ्दा विकास बैंक सुचक उक्लिएको हो।

अाज मितेरी डभेलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले सम्पतिको भाउ वढाएका छन् । लक्ष्मी लघूवित्त, नेपाल ग्रामिण विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, विजय लघुवित्त, ओमी माइक्रोफाइनान्स,र अरुण फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्।
सबैभन्दा वढि रकमको कारोबार शिखर इन्स्योरेन्सको भएको छ। कम्पनीको १० करोड ९५ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि एभरेष्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया