सेयर बजारले मार्यो छलाङ, कारोबार रकममा पनि भब्य सुधार

बिजनेसपाटी १९ माघ

सेयर बजारले बुधबार छलाङ मारेको छ। बजार ६२.२३ अंकले बढेर १३८९.८३ अंकमाथि पुगेको छ।
नेप्सेलार्इ अनलाइन ट्रेडिङमा लैजाने धितोपत्र बोर्डको मंगलबारको निर्णयको असर बुधबार सेयर बजारमा देखिएको हो।
आज कारोबार रकम पनि बढेको छ। आज  दिनभरीमा ६० करोड ६७ लाख रुपैयाँ भन्दा वढिको सेयर कारोबार भएका छन् । आज १८ लाख ३३ हजार कित्ता भन्दा बढीको शेयर कारोबार भएका छन्।

आज बिमा समुहको सबै भन्दा बढी अंकले बढेको छ भने बाणिज्य बैंक, विकास बैंक, होटेल सबै उपसुचकले बजार उकालो लाग्न टेवा पुर्याएका छन्। आज बिमा समुहमा ३७६ अंक, लबिधुत ८०.८९, बैंकिंङ ६४.०५, विकास बैंक ५६.५ अंकले  बढेका  छन्।

आजको कारोबारमा सबैभन्दा बढी सिदार्थ बैंकको कारोबार भएको छ। बैंकको ८  करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकममा दोस्रो नेपाल टेलिकमको ६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज दिनभरको कारोबारमा २० कम्पनीको मूल्य करिब १० प्रतिसतले बढेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया