सोलुखुम्बुकमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम

सोलुखुम्बु १८ पौष

राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा सुरु गरेको छ ।यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा आजबाट एटिएम सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गरे। एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिए । जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैंकीङ कारोबारका कारण रकम झिक्न घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया