स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा

काठमाण्डौ २७ मंसीर २०८१
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख राणा नियुक्त भएका छन् ।
नेपालको बैंकिङ क्षेत्रमा १९८७ देखि सेवा प्रदान गर्दै आएको बैंकले स्थापनाकाल यता पहिलोपल्ट नेपालीलाई नेतृत्व सुम्पेको हो ।
बैंक स्थापना भएयता विदेशी नागरिकलाई मात्र यो पदमा नियुक्त गर्दै आएकामा राणाको नियुक्तिले यो परम्परामा अन्त्य गर्दै बैंक र नेपालको बैंकिङ क्षेत्रका लागि नयाँ अध्याय सुरु पनि गरेको छ ।
राणा सन् २०२२ जनवरी १ मा बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए। उनले १९९४ मा बैंककै रिटेल र प्राइभेट बैंकिङ विभागबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । १९९६ मा कर्पोरेट तथा इन्स्टिच्युसनल बैंकिङमा प्रवेश गरेका थिए । आफ्नो ३० वर्षे बैंकिङ यात्रामा उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज, तथा ग्लोबल र कमर्सियल बैंकिङ विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया