स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच सम्झौता

काठमाण्डौ ९ माघ २०७९ ।स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र माछापुच्छे« बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छे« बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।


यस सम्झौता पश्चात माछापुच्छे« बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया