स्मार्ट क्युआर र नेपालपे क्युआर अन्तर आबद्ध भई सेवा सुरु
काठमाडौं २५ असार २०८०-नेपालपे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तर आबद्ध भई सेवा सुरु गरेका छन्।आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्युआर र नेपालपे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो।
क्युआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्कस्तरको अन्तर आबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसंगै नेपालपे क्युआर मार्फत आबद्द भएका विभिन्न मोबाइल बैकिंग, वालेट र ऋयललभअत क्ष्एक् का प्रयोग कर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्द सम्पूर्ण दुइ लाख पचासहजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्। यसैगरि , स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपालपे क्युआर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया