हकप्रद शेयर जारी गर्दै सेन्ट्रल फाइनान्स

काठमाडौं, ११ साउन   ।

शेयरधनीहरुलाई सेन्ट्रल फाइनान्सले चुक्ता पुंँजीको ५० प्रतिशतको दरले हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद पश्चात संस्थाको चुक्ता पुँंजी रु.७८ करोड ९ लाख ९४ हजार पुग्ने छ । सो पश्चात आर्थिक वर्ष २०७३/७४ को बोनस शेयरबाट ‘ग’ वर्गको वित्तीय संस्थाको लागि आवश्यक पर्ने चुक्ता पुँजी ८० करोड पुग्ने कम्पनीले जनाएको छ ।

सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स एक आपसमा मर्ज भएपश्चात सेन्ट्रल फाइनान्सको नामबाट एकीकृत कारोबार शुरु भएको हो । संस्थाको हाल चूक्ता पुंँजी ५२ करोड ६ लाख ६३ हजार, निक्षेप २ अर्ब ७३ करोड २६ लाख, कर्जा लगानी २ अर्ब ४१ करोड ३० लाख र गत आवको कर तथा व्यवस्था अघिको सञ्चालन नाफा १४ कराड २९ लाख रहेको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया