हवात्तै बढ्यो सांसदको तलब भत्तामा, हेर्नुस कुन शिर्षकमा कति ?
काठमाडौँ ५ मंसिर
आइतबार बसेको व्यबस्थापिका संसदको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पारीत गरेको छ । विधयेक पारीत भएसंगै सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी भएको छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठको संशोधनलाई बिधेयकको अङ्ग बनाईएको छ । श्रेष्ठले बैठक भत्ता ५०० बाट बढाएर एक हजार पुर्याउन र पैदल भ्रमण भत्ता खारेज गर्न प्रस्ताव गरेका थिए ।
पद्नुस कुन शीर्षकमा कति ?
मासिक पारिश्रमिक: ५५ हजार २ सय ३०
दैनिक बैठक भत्ता : एक हजार
आवास सुविधा : १८ हजार
टेलिफोन तथा पत्रपत्रिका खर्च : ३ हजार
धारा बिजुली खर्च : २ हजार
अतिथि सत्कार : १ हजार
विशेष भत्ता मासिक : १ हजार
यातायात सुविधा : एक हजार
भ्रमण भत्ता : एक दिनको २५ सय
फर्निचर खर्च: बार्षिक १५ हजार
यी बाहेक हरेक सांसदको १० लाखको यात्रा विमा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया