हिमालयन बैंकको इटहरी शाखा स्थानान्तरण, अब इनरुवा–१ बाट सेवा दिने
काठमाडौं ०२ चैत २०८०।
हिमालयन बैंक लिमिटेडले थप शाखा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीबाट आज अर्थात् चैत्र १ गते देखि विभिन्न बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द« चाम्लागाई मैनालीले गरेकी छन् । उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल्स १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया