हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने

काठमाडौ २० फागुन । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ ।
एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । पोखरा ल्हासाको पहिलो उडानमा पोखराबाट पोखरा महानगरपालिकाको अगुवाइमा पर्यटन व्यवसायीसहित विभिन्न क्षेत्रका १२७ जनाले उडान भर्नेछन् भने चीनबाट करिब एक हजार पर्यटक पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया