हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको सेवा अवरुद्ध
काठमाडौं ९ पुस २०८१ -हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका BTSटावरहरुमा अनधिकृत रुपमा केही समूहरव्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको छ ।
सर्केगाड गाउँपालिका(०५ स्थित बरै माइक्रो वी।टी।एस। मा पौष ४ गते सोलार प्यानल, VSAT का उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ प्रेस विज्ञप्ति मार्फत भनेको छ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्नरनगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया