१३ जनाले दिए नेप्सेको सिइओका लागि आबेदन, हेर्नुस को-को छन् ?
काठमाडौँ १ भाद्र
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएको ६ हप्ता बिती सक्दा पनि उक्त पदमा नयाँ नियुक्ति हुन् सकेको छैन । खुला प्रतिस्पर्धाबाटै कार्यकारी नियुक्त गर्ने अर्थ मन्त्रालयको निर्णयपछि नयाँ नियुक्ति झन् लम्बिएको हो ।
अर्थले नेप्सेको सीईओको नियुक्ति लागि गठित छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि व्यवसायिक कार्ययोजना सहितको दरखास्त माग गरेको थियो। अहिले नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १३ जनाले आवेदन दिएका छन।
आवेदन दिनेमा हालै सिईओको कार्यकाल सकिएपछि अवकासमा रहेका सिताराम थपलिया, ज्योति विकास बैंकका डिपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नागरिक लगानी कोषका व्यवस्थापक प्रमुख सुशिल अर्याल लगायतका रहेका छन्।
त्यस्तै चन्द्रसिंह सावत,, तारानाथ भट्टराई, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविण पन्डक, सरोज टण्डन, श्रीप्रसाद पौडेल, नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जन फूयालले पनि आवेदन दिएको समितिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया