१४ लाख कित्ता आइपिओ निष्कासन गर्दै रैराङ हाइड्रोपावर

बिजनेसपाटी २३ श्रावण

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले स्थानीयबासी र सर्वसाधारणलाई गरेर १४ लाख कित्ता प्राथमिक शेयर जारी गर्ने भएको छ ।  स्थानीयबासीको ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता शेयर कम्पनीले निष्काशन गर्ने भएको हो  ।  एस क्यापिटल लिमिटेडसँग शेयर निष्काशन सम्झौता कम्पनीले गरेको छ .

सम्झौतामा रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी प्रमुख गुरुप्रसाद न्यौपाने र एस क्यापिटलको तर्फबाट प्रबन्ध संचालक पुर्णचन्द्र दहालले हस्ताक्षर गरेका छन् । एक  सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयर रैराङ हाइड्रोपावरले निष्कासन गर्ने भएको हो । रैराङ हाइड्रोपावरले कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निमार्ण गर्देछ । जुन आगामी चैत्रको अन्त्यसम्ममा निर्माण पूरा गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया