२६ वाणिज्य बैंकहरुमध्ये जेठ मसान्तसम्ममा कसले कति नाफा कमाए ? (विवरण सहित )

बिजनेसपाटी २ श्रावण

जेठ मसान्तसम्ममा संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंक अर्ब बढी नाफा कमाउने सूचिमा परेका छन । नबिल बैंकले  यस अवधिमा सबैभन्दा धेरै नाफा कमाएको छ भने सबैभन्दा कम कमाउनेमा सेञ्चुरी बैंक रहेको छ ।

 जेठ मसान्तसम्मा नेपाल रास्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २६ वाणिज्य बैंकहरुले ३३ अर्ब ७८ करोड नाफा कमाएका छन । यस  तथ्यांकमा एनसीसी बैंक र सिभिल बैंकको विवरण भने समावेश छैन् ।

जेठसम्ममा नबिलले ३ अर्ब ४५ करोड नाफा कमाएको छ भने दोस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ९८ करोड कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, नेपाल बैंकले २ अर्ब ५७ करोड, कृषि बिकास बैंकले २ अर्ब ४२ करोड र एभरेष्ट बैंकले २ अर्ब बढी नाफा कमाएका छन ।

यसपछि क्रमश ग्लोबल आइएमईले १ अर्ब ८६ करोड, हिमालयन बैंकले १ अर्ब ८६ करोड, एनएमबि बैंक १ अर्ब ५० करोड,  स्ट्याण्र्डड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, नेपाल बंगलादेश बैंक १ अर्ब १३ करोड, सिद्धार्थ बैंकले १ अर्ब ११ करोड,  बैंक अफ काठमाण्डूले १ अर्ब ८ करोड र प्रभु बैंक पनि १ अर्ब ७ करोड कमाएका छन ।

१ अर्ब भन्दा कम कमाउने बैंकहरुमा एनआसी एसिया बैंक ९६ करोड, सानिमा बैंक ८४ करोड, माछापुच्छ्रे बैंकले ८२ करोड,नेपाल एसबिआइ बैंकले ६९ करोड, प्राईम बैंकले ६९ करोड,सन्राइज बैंकले ६८ करोड, मेगा बैंकले ६७ करोड,सिटिजन्स बैंकले ५७ करोड कमाएका छन् ।

कम नाफा कमाउनेमा बैंकहरुमा सेञ्चुरी बैंक, जनता बैंक, कुमारी बैंक, लक्ष्मी बैंक परेका छन ।  जेठसम्म सेञ्चुरीले १४ करोड मात्र नाफा कमाएको छ । जनताले २२ करोड, लक्ष्मी बैंकले ३६ करोड,जनता बैंकले २२ करोड र कुमारीले २४ करोड कमाएको छ ।

यसअवधिमा बैंकहरुको २२ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेर १९ खर्ब ६७ अर्ब  कर्जा लगानी गरेका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया