५७ सय मेगावाट विद्युत विक्री गर्ने लक्ष्य

काठमाडौँ २ श्रावण

भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ।

सरकारको तयारी र मुलुकमा सञ्चालित आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको खबर आजको कारोबारमा भीम गौतमले लेखेका छन्।

नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो।

सन् १९९७ मा उर्जा व्यापार सम्झौता (पिटिए) गरेर भारतलाई विजुली बेच्ने सपना देख्दै आएको नेपालको अबको २० वर्षभित्र २ सय ८३ जलविद्युत आयोजना निर्माण गरी २४ हजार ९ सय मेगावाट विजुली बिक्री गर्ने लक्ष्य राखेको छ।

पछिल्लो पटक उर्जा व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयन्त्रको हालै सम्पन्न बैठकबाट स्वीकृत अन्तरदेशीय प्रसारण्लाइन गुरूयोजना अनुसार विद्युत व्यापारको लक्ष्य राखिएको हो।

जसअनुसार ५ वर्षपछिको वर्षको अफपिक आवर (राति १२ बजेपछि) नेपालले आफूलाई बढी भएको ५ हजार ७ सय मेगावाट विजुली बिक्री गर्नेछ भने वर्षकै पिक आवरमा ४ हजार ५ सय र हिउँदको पिक आवरमा ५ सय मेगावाट बिजुली बेच्नेछ। यस अवधिमा १ सय ६८ जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया