६ लाख कित्ता आइपीओ ल्याउदै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स

बिजनेसपाटी २० पौष

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले साधारण सेयर निष्काशनको अनुमति पाएको छ। प्रति कित्ता १ सय रुपैयाँका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर  कम्पनीले निष्काशनको अनुमति पाएको धितोपत्र बोर्डले जनाएको छ।  सुनसरीमा केन्द्रीय कार्यलाय रहेको संस्थाको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।  माघ महिना भित्र आइपीओ निष्काशन गर्ने तयारी फरवार्ड कम्युनिटीले थालेको छ।  आइपीओ वितरणपछि संस्थाको चुक्ता पुंजी २० करोड रुपैयाँ पुग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया