अक्सफोर्डमा विकसित नयाँ भ्याक्सिनलाई ब्राजिलमा ट्रायल गरिने

एजेन्सी २२ जेष्ठ, २०७७

युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ ।

यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।

कोभिड–१९ अस्पतालमा सर–सफाईको काम गर्ने स्वयंसेवक पनि ट्रायलमा भाग लिन सक्नेछन् ।

युनिभर्सिटी अफ प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना संक्रमितको संख्या ब्राजिलमा अत्यधिक देखिएपछि यो अध्ययनका लागि ब्राजिललाई छानिएको जानकारी दिए । यतिखेर अमेरिकापछि कोरोना संक्रमितको संख्यामा ब्राजिलमा सबैभन्दा धेरै छ । BBC

फेसबुकबाट तपाईको प्रतिक्रिया