अखिलेश झा भन्छन्, ‘केटी मान्छे राति एक्लै हिँडेको देखेपछि मलाई के हुन्छ–हुन्छ’

काठमाडौं १ अशोज

सानै उमेरदेखि पोखरा बस्दै आएका अखिलेश झा अविवाहित हुन् । उनको परिवार भारतमै छन् । केही वर्षअघि उनको एक मुस्लिम युवतीसँग प्रेमसम्बन्ध थियो ।

उनले युवतीलाई बिहेको प्रस्ताव राखे । युवतीले परिवारमा गए भनिन् । तर, हिन्दु र मुस्लिम परिवारबीच वैवाहिक सम्बन्ध सम्भव भएन । सो विषयले दुई परिवारबीच झगडा भयो ।

त्यसपछि झा यस्तो गतिविधिमा लागे कि केटी देख्ने बित्तिकै आक्रमण गर्ने । त्यस्तो गतिविधिमा लागेको प्रहरीले थाहा पाएपछि गत भदौ १४ गते उनलाई पक्राउ गर्यो ।

प्रहरीको लिखित बयानमा झाले अहिलेसम्म १७ जना केटीलाई सिकार बनाएका छन् । भने २ जनाले ज्यान नै गुमाए । अन्य १५ जना गम्भिर घाइते छन् । उनी भन्छन्, ‘केटी मान्छे राति एक्लै हिँडेको देखेपछि मलाई के हुन्छ–हुन्छ, दिमाग नै अन्धकार भएर आउँछ, एकदमै रिस उठ्छ र आक्रमण गर्छु ।’

सबै घटनामा आक्रमण गरेपछि सडक छउमा घिसारेर भाग्ने गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया