अग्निपुञ्जको “हामी लड्छौं देशकै लागि” गित सार्बजनिक

काठमाडौं २१ मंसिर , २०७८ 

अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधीको शोध अनुसन्धान गरिरहेका हरिप्रकाश चन्द “अग्निपुञ्ज” को देशभक्तिपुर्ण गीत “हामी लड्छौं देशकै लागि” सार्बजनिक भएको छ । 
गत शुक्रबार सार्बजनिक भएको गीतको शब्द रचना अग्निपुञ्जले गरेका हुन् भने स्वर र संगीत गायक भरत परियारको रहेको छ । 
बिग परिवेश रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको अरेञ्जर लछु प्रकाश मल्ल, मिक्सिङ्ग मनोज डंगोल, कलाकारहरु बिजय केसी र गीता केसी, छायाङ्कन तथा सम्पादन सरोज शाही ठकुरी, भिडियोको निर्देशन नरेन्द्र धामीको रहेको छ भने उक्त भिडियो कृष्ण भट्टराई र राज कुमार लामाले निर्माण गर्नुभएको हो । 


देश अत्यन्तै कठिन मोडमा रहेको, राजनीतिक दल र नेताहरुले देशलाई सहि दिशा दिन नसकेको, देशमा अन्याय, अत्याचार र बेथितीले सिमा नाघेकोले गीत संगीतको माध्यमबाट जनतालाई जागरुक बनाउने उद्देश्यले उक्त गीत लेखिएको कुरा रचनाकार अग्निपुञ्जले बताए । 
गीतले छिमेकी देशहरुको नेपालप्रतिको ब्यबहारलाई पनि झल्काएको छ । दशकौं देखि भारतिय सेनाहरु नेपालको कालापानी छेत्रमा बसिरहेको नेपालको भुगोलमाथि अतिक्रमण गरेकोले उक्त भुभाग नेपाललाई व्यबहारिक रुपमै नेपाललाई फिर्ता गर्न अपील‌ गरिएको छ । 
गीतले नेपालीहरुको गुटबादी, फुटबादी र खुट्टा तान्ने प्रवृतीको समेत खरो बिरोध गरेको छ । समग्रमा देशप्रति भक्तिभाव देखाइएको उक्त गीत Kripa TV ले प्रस्तुत गरेको हो भने सो गीत आम नेपालीको गीत हुन सकोस् भन्ने आफ्नो चाँहना रहेको रचनाकार अग्निपुञ्जले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया