अजोड इन्स्योरेन्सको ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता

बिजनेसपाटी १३ माघ ।
अजोड इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड बीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।
आइतवार कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया