अज्ञात रोग देखिएपछि विद्यालय बन्द
बैतडी २७ साउन।
विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए ।
एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने, ‘छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।’ छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन ।
यसैबीच, दार्चुला जिल्लाको खण्डेश्वरीमा रहेको खण्डेश्वरी उच्च मावि क्षति मार्मामा बुकमाण्डौँ नामक गैरसरकारी संस्थाले ५०० किताब हस्तान्तरण गरेको छ ।
विभिन्न विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको खण्डेश्वरी उच्च माविका प्राचार्य करवीरसिंह बोहराले जानकारी दिका छन् ।
‘एक हात एक पुस्तक’ अभियानअन्तर्गत पुस्तक वितरण गरिएको बुकमाण्डौँका अध्यक्ष सुमन खतिवडाले जानकारी दिए । सुदूरपश्चिममा पहिलोपटक दार्चुलाको दुर्गम गाविसमा पुस्तक वितरण गरिएको उनले बताए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया