अत्तालिनु पर्दैन,शेयर बजारको भविष्य उज्यालो छ ।

रामहरी अधिकारी
कारोबार अधिकृत,
लिञ्च स्टक एक्चेन्ज, ब्रोकर नं ४१
१) शेयर बजार निरन्तर ओरालो लागिरँदा लगानीकर्ता त्रसित छन नी । तपाइ अहिलेको यो बजारको विश्लेषण कसरी गर्नुहुन्छ ?

बजार सधैंभरी बढिरहने र सधैभरी घटिइ रहने भन्ने हुदैन । बजारले एउटा उचाइ लिएको थियो पहिला । बढ्दाखेरी पनि यस्तैगरी निरन्तर बढेको थियो । अहिलेको घटाइले लगानीकर्तामा एक किसिमको मनोबल गिराएको अवश्य हो । दशै तिहार पछि अलिकति बजार बढ्ला भन्ने लगानीकर्ताको जो खालको आशा थियो । तर चाडबाड पछि बंैकमा ब्याजदर पनि अलि–अलि बढन थाल्यो । अहिले बैंकहरुले मुद्धती निक्षेपमा मात्रै एक डेढ प्रतिशत ब्याजदर बढाएका छन । सेभिङमा खासै त्यस्तो बढेको देखिदैन । त्यसले तत्कालै बजारमा त्यस्तो खालको असर त गर्दैन । तर लगानीकर्तामा एक किसिमको मनोवैज्ञानीक असर हुन्छ नी, बजार बढेर अब धेरै माथी गएको छ । त्यही माथी फेरी व्याजदर बढन थालेको छ । अनि वीज्ञहरुले के भनिरहेका छन भने राष्ट्र बैककै रिर्पोटले पनि के देखाइरहेको छ भने रेमिटयान्सको ग्रोथ रेट घटिरहेको छ । यसले गर्दा दिर्घकालीनमा हेर्ने लगानीकर्ताले के हेर्छ भने भोली अर्थतन्त्रमै ठुलै खालको असर आउने पो हो की ? जस्तो अहिले यही वीचमा भारतीय ५ सय र १ हजारको नोट प्रतिबन्धको कुरा आयो । ५ सय र १ हजारको भारु नेट नहुने वित्तिकै के हुन्छ भने नेपालमा उधोगी व्यवसायीहरु धेरै जो छन । उनीहरु मध्ये धेरैले भारतसँग व्यापार गर्ने गर्छन । उनीहरुले बैकिङ च्यानल मार्फत अथवा अरु नै अनौपचारीक माध्यमबाट कारोबार गर्ने भएकोले उनीहरुसँग भारु ५ सय र १ हजारका नोटहरु प्रर्याप्त मात्रामा छन् भन्ने कुराहरु पनि बाहिर आइरहेको छ । त्यसले तिनै उधोगी व्यवसायी पनि शेयर बजारमा संग्लन भएको हुनाले भोली त्यो पैसा नचल्दा उनीहरुको व्यवसायमा असर पर्ने र त्यो पैसा फसेको कारण अरु व्यवसायलाई उर्तान पनि शेयर बेचेर सजिलो गर्ने हो की भन्ने आशंका वा डर भएको हुनाले डर सिर्जना भएको छ ।

२) राष्ट्र बैकले त बैंकहरुमा तरलता कमी छैन भनेको छ । तर बाहिर त तरलता अभाव भएको हल्ला छ नी ?

तरलतामा खासै कमी भएको त देखिदैन अहिलेसम्म । तर यहाँ के छ भने आतङक मच्चाउने प्रवृत्ति हावी छ । भविष्यमा हुनसक्छ की भनेर त्यस्तो हल्ला चल्यो । ब्याजदर बृद्धि, भारु प्रतिबन्ध र रेमिटयान्सको गिरावट लगायत कुराहरु एकै चोटी आएका कारण लगानीकर्ता डराएका हुन् । यही बेलामा बाफिया अर्थ समितिबाट पास भएको हुनाले १० बर्षे समयावधी राखेर संस्थापक शेयर विक्रिमा आउँछ की भन्ने डर सिर्जना भयो । हुन त त्यहाँ शर्तहरु राखिएका छन । राष्ट्र बैकको अनुमतीमा बजारलाई असर नगर्ने गरी भन्ने जस्ता क्लज राखेको हुनाले त्यहाँबाट डराउनु पर्ने त देखिँदैन । त्यसले बंैक वित्तिय संस्थालाई राम्रै गर्छ । नराम्रो त गर्दैन । अव यो घटेको बजारमा त्यो आएपछि मान्छेहरुले नकारात्मक नै पो हो की भनेर लिएका छन । अर्को के छ भने अलिकति बढी राइट शेयरको बाढी आएको हुनाले पनि राइट भर्नका लागि पनि मान्छेहरुले शेयर बेचेर सेलिङ प्रेसर आएर बजार घटेको हुनसक्छ ।

३) साना र नयाँ आएका लगानीकर्ताहरुको लागि त शेयर बजार जुवाकै खेल हो भन्छन् नी कतिपय ? विचौलियाको चलखेल पनि हुन्छ भन्छन नी ?
विचौलियाको चलखेल त हुदैन । बजार घटने बढने भइरहन्छ । त्यो घटने र बढने भएको हुनाले नै मान्छेहरुले यहाँ कमाउन पनि सकिन्छ भन्ने खालको छ । बजार स्थीर हुने भइदिएको भए शेयर बजारमा यस्तो आर्कषण हुने नै थिएन । घटेको बेलामा शेयर किन्ने र बढेको वेलामा बेच्ने नै भएको हुनाले चाँही धेरैको आर्कषण भएको हो । कहिले बढने र कहिले घटने भएकोले जुवा जस्तै हो की भन्ने बुझाइ आम मानिसमा छ । तर जुवा जस्तो खालमा राखेपछी गयो भने जिरो नै हुने भन्ने यहाँ हुदैन । कम्पनीले दिने, कमाउने बोनस लगायत होल्ड गर्दाखेरी त्यो पाउने हुन्छ । त्यो हुँदा लगानीकर्ताको गुम्ने भन्ने त हुदैन नी । त्यसकारण होल्ड गर्नुप¥यो होल्ड गर्दा राम्रो हुन्छ ।

४) कतिपय विश्लेषकहरुले बजार अझै घट्छ पनि भनेका छन नी ?
शेयर बजारमा ठयाक्कै बढदा यति अंकमा आउछ र घटदा यति अंकमा पुग्छ भन्ने हुदैन । त्यो मिलाउन कसैले सक्दै सक्दैन । एउटा आफनो आफनो अनुमान सबैले गर्छन नै । बजार बढेर पनि १९०० अंक नजिक पुगेको हुनाले त्यहाँबाट घटन शुरु गत्यो । वियरस्टेन नै हो की भन्ने खालको अलिकति वुझाइ पनि छ आम मानिसहरुमा । बजारको स्थीति हेर्दाखेरी पनि व्याजदर पनि अलिकति बढन लागेको र यही वेला आइसी नोटका कुराहरु आउने, संस्थापक शेयरहरु पनि बजारमा आउने हो की भन्ने आशंका उब्जने लगायतका कुराहरुले गर्दा बजार निकै घटने हो की भन्ने डरत्रास छ । राइट शेयर यही बेला बढी आउने, कम्पनीहरुको पुजी वृद्धि भएर पुगिसकेपछि भोली भविष्य के हुने, त्यो भन्दापछी बोनस शेयर आउँछ की आउँदैन ? लाभांम्स कत्तिको पाइन्छ ? कम्पनीहरुले कमाइ मेन्टेन गर्न सक्छन् की सक्दैनन ? भन्ने कुराहरुले गर्दाखेरी अलिकति न घटने हो की धेरै भन्ने आशंका छ । त्यो भएर हल्ला अलिक बढी बजारमा चलाइएको छ । तर वास्तविकता त्यो नहुन पनि सक्छ । बजारमा भोली धितोपत्र बोर्डले बजार सुधारको प्रयास गर्दैछ । नयाँ नयाँ प्रविधिहरु भित्राउने कुराहरु भइरहेका छन । नेपालको शेयर बजारलाई पनि अन्र्तराष्ट्रिय स्तरको बनाउने भन्ने कुरा र एनआरएनएको पनि लगानी भित्राउने पहल भइरहेका छन । शायद त्यो चाँडी नै होला । अर्को विदेशी संघ–सस्थाहरुलाई पनि नेपालको शेयर बजारमा लगानी खुल्ला गर्ने भन्ने कुरा पनि भइरहको छ । अटोमेसनमा जाने, अनलाइन टेड्रिङमा जाने कुराहरु भइरहेको छ । लगानीकर्तालाइ सजिलो होस् शेयर किनबेच गर्न भनेर भ्याली बाहिर पनि अधिकासं ठाउँमा ब्राञ्च पु¥याउने कुरा भइरहेका छन । यी कुराहरु हेर्दाखेरी नकारात्मकै होला भनेर, धेरै घटला भनेर आशंका नगरौं । मैले भनेका सबै पुर्वाधार पुरा भयो भने बजारको स्वर्ण युग नै सुरु हुन्छ ।

५) राष्ट्र बैकले भने बमोजिम बैक वित्तिय संस्थाहरुले ०७४ असार मसान्तसम्ममा आफनो पुजी ४ गुणा बढाउन जोडतोडले लागेका छन ? त्यसरी ४ गुणा पुजी वृद्धि गरे अनुसार कम्पनीहरुले ४ गुणाले नै नाफा बढाउन सक्छन त ?

त्यो सही कुरा हो । बैकहरुलाई एउटा खालको चुनौती छ । बैकहरुलाई २ अर्ब पुजी भएकोमा ८ अर्ब पु¥याउँदा नाफा पनि त्यही अनुपातमा ४ गुणा नै नबढ्न सक्छ । चुनौतीका बावजुत पनि बैक वित्तिय संस्था र कम्पनीहरुले आफनो पहल पनि गरिरहेका छन । व्राञ्चहरु विस्तार गरिरहेका छन । व्यवसाय विस्तार गर्ने सबै गरिरहेका छन । ठयाक्कै ४ गुणा नै नाफा नबढाए पनि उनीहरुको पहल र प्रयास भइरहेको हुनाले केही समय अलिकति उनीहरुलाई गाह«ो होला । तर दिर्घकालिन सोच राख्ने लगानीकर्ता जो छ उसले चाँही अब अलिकति द्यर्यता गर्ने हो भने रिर्टन त आइहाल्छ । फेरी नेपालमा अव विस्तारै राजनीतिक स्थायित्व भइदियो र सबै कुरा राम्रै हुदै गयो भने लगानीका अवसरहरु निकै हुन सक्छन । त्यस्तो अवस्थामा बैक वित्तिय संस्थाहरुले लगानी बढाएर रिर्टन पनि बढाउन सक्छन् । त्यो हिसावले हेर्दाखेरी अहिलेको लगानी राम्रो कम्पनीमा लगानीकर्ताले लगानी गर्ने र शेयर अलिकति दिर्घकालिन होल्ड गर्दिने हो भने लगानी त्यस्तो जोखिममा नहोला ।

६) एकथरी ठुला लगानीकर्ताले बैंकहरुको पुजीवृद्धिलाई लिएर सुरुमा हल्लीखल्ली मचाए, शेयर बजार पनि बढाए र उनीहरुले नै शेयर बेचर उम्किए, फाइदा जति आफुले लिए साना लगानीकर्तालाई डुबाए भन्ने छ नी ?
लगानी गर्ने लगानीकर्ताले जहिले पनि आफुले नाफा अधिकत गरौं भन्ने हुन्छ । त्यो प्रयास पनि गर्छन । त्यही भएर शेयर बजारमा लगानीकर्ताले जहिले पनि अलिक बुझेर लगानी गर्नुपर्छ । धेरै कुराहरु हेरेर बुझेर लगानी गर्नुपर्छ । यहाँ त के हुन्छ भने बाहिर भनाइ अर्कै हुन्छ र त्यस्ता लगानीकर्ताको गराइ अर्कै हुन्छ । आफनो फाइदाका लागि उनीहरुले त्यो प्रयास गरेका हुन्छन । त्यही भएर लगानीकर्ताले प्राविधिक एनलाइसिस गरेर मात्र लगानी गर्नुपर्छ । चलाख लगानीकर्ताहरुले पहिल्यै म बेच्छु भन्दैन । उसले कतिवेला बेचेर कहाँ पुगिसकेको हुन्छ त्यो थाहै हुदैन । उनिहरुले बेचेपछी मात्र उनीहरुले अब बजार घटछ भन्ने हल्ला चलाइदिएपछि नयाँ लगानीकर्ताहरु, सिधा लगानीकर्ता मारमा पर्दछन । त्यही भएर राम्रो कम्पनीमा लगानी गर्ने, कतिमा किन्ने र कहिले बेच्ने भनेर सचेतपुर्ण लगानी गर्ने गर्नु पर्दछ । यहाँहरुको यस अनलाइन बिजनेसपाटी डटकमबाट नयाँ लागानीकर्तालाई यही मेरो सुझाब छ बुझेर शेयर कारोबार गरौं ।
प्रस्तुती : सगिता सुवेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया