अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा

काठमाडौं ९ असार–

आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।

न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवश सुनुवाइ नगरेको भन्दै उनी अनशनमा बसेका हुन् ।

अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका नौ स्थायी न्यायाधीशको नियुक्ति प्रक्रिया रोक्न मागसहित दायर रिटलाई सर्वौच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ ।उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाइ नगरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया