अध्ययनको नाममा अमेरिकाले चीनलाई लगायो अर्को आरोप
एजेन्सी जेठ २७,।
कोरोना भाइरस सङ्क्रमणको सुरुवात चीनको वुहान सहरमा भयो। त्यसपछि यो भाइरस संसारको सबैजसो देशहरूमा फैलियो। अहिलेसम्म विश्वभर ७१ लाखको हाराहारीमा मानिसहरू कोरोनाबाट सङ्क्रमित भएका छन् । चार लाख भन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकाले कोरोना भाइरसका सम्बन्धमा चीनको भूमिकाको बारेमा शङ्का उत्पन्न गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाले अमेरिकी दाबीको बेवास्ता गरेपछि अमेरिकाले आक्रोश व्यक्त गर्दै विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्ध नै विच्छेद गरेको छ ।
त्यसयता पनि लगातार चीनलाई आरोप लगाउँदै आएको छ कि चीनले भाइरसको बारेमा पारदर्शिता देखाएको छैन । यद्यपि चीनले सुरुदेखि नै यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
आफ्नो दाबीलाई बलियो बनाउन अमेरिकाले फेरी अर्को तिकडम सुरु गरेको छ । त्यो हो, हार्वर्ड मेडिकल स्कुलले गरेको भनिएको एक अध्ययन । सो अध्ययनमा यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएको झैँ दाबी गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने/नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए ।
शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए ।
परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए । Agency
फेसबुकबाट तपाईको प्रतिक्रिया