अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन मह जोडीको आग्रह

काठमाडौं ८ फागुन २०८१ । मह जोडीले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत यस्तो अनुरोध गरेका हुन् ।
भिडियोमा यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको भन्दै यसले अत्यन्त दुःखी गराएको उनीहरुले उल्लेख गरेका छन् । आफूहरुले गरेका सबै काम यूट्युबमा पनि राखिएको बताउँदै सनातन धर्मको विरोध नगरेको भिडियोमा बताएका छन् ।
आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको र ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया