अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन

रौतहट –१९ असार , २०७७

कृषि सामग्री कम्पनी शाख चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको गुनासो आएपछि स्थानीय प्रशासनले उक्त  निर्देशन दिएको हो ।

जिल्ला आपूर्ति समितिको निर्णय अनुसार हाल चन्द्रपुर शाखामा मौज्दात रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल दामासाही अनुसार जिल्लाको १८ वटै पालिकालाई उपलब्ध गराउन निर्देशन दिएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए ।

प्रत्येक पालिकाले सहजरूपमा प्राप्त गर्ने अनुदानको मलखाद वास्तविक किसानले पाउने सिडियो घिमिरेले बिश्वास व्यक्त गरेका छन् ।

यसअघि जिल्लाको १ सय २७ वटा सहकारीमार्फत कम्पनीले बितरण गरेको युरिया,डिएपी र पोटास किसानको सट्टा ब्यापारिले हात पार्ने गरेका थिए  ।

कृषि सामग्री कम्पनी चन्द्रपुर शाखाका प्रमुख रबि केसरी र केही ब्यापारीको सेटिंगमा एकजनाले आठ दस वटा सहकारीको कागजात पेसगरी मलखाद लिने गरेका थिए ।

किसानको नाउमा आउने मलखाद दररेट भन्दाप्रति बोरामा चारसय देखि ५ सय रुपैयाँ किसानले बढी तिर्दै आएको फतुवा बिजयपुरका एकजना किसान अच्युत मैनालीले गुनासो गरेका छन् ।

कृषि सामग्री चन्द्रपुर र बिरगंज बाट रौतहटको कुन कुन सहकारीले यश आर्थिक बर्षमा कति मलखाद लियो र कुन किसानलाई सहुलियत दरमा दियो स्थानीय प्रशासनले लेखाजोखा लिएमा मलखादका माफिया पक्राउ हुने किसानले बिश्वास लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया