अनुभवी बैंकर तुलसीराम गौतम सेञ्चुरी बैकको सिइओमा नियुक्क्त

बिजनेसपाटी १ चैत्र ।
अनुभवी बैंकर तुलसीराम गौतम पुनः बैंकिङ क्षेत्रमा फर्किएका छन ्। सेञ्चुरी कमर्सियल बैंकले नयाँ बर्षदेखि लागू हुने गरि गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा सक्षम एवं व्यवसाय बढाउन सक्ने बैकरको रुपमा चिनिएका गौतमले यसअघि चार बर्ष माछापुच्छ«्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्दा बैकले निकै ठुलो फड्को मारेको थियो ।
करिव दुई बर्षको विश्रामपछी उनी बैशाख १९ गतेबाट लागू हुने गरि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
यसअघि बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी नियुक्त गरेपनि शाहको बैंकमा हाजिर नभइ नियुक्ति खारेज गरिएको थियो ।
नवनियुक्क्त सिइओ गौतमले मार्के्टिङ र फाइनान्समा एमबीए गरेका छन् । ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनी नेपाल इन्डोसेज बैंक हुदै एसबिआइ गएका थिए । एसबिआइबाट माछापुच्छ«्र्रे बैंकमा ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत सम्हाल्न गएका उनले सफल सिइओको परिचय बनाइसकेका छन् । उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको समेत अनुभव रहेको छ । गौतमको नियुक्तिसँगै सेञ्चुरी कर्मशियल बैकले प्रगती गर्ने आशा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया