अन्तत एनसेलले सरकारलाई तिर्‍यो १३ अर्ब लाभकर

बिजनेसपाटी २१ जेठ, ।

ठुलो आनाकानी पछि एनसेलले अन्तत पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तनी गरेको छ । ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा आज अाइतबार झण्डै १३ अर्ब रुपैयाँ बराबरको दाखिला गरेको हो । पूँजीगत लाभकर बापत एनसेलले सो परिमाणको रकम बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। यसअघि पूँजिगत लाभकर बापत एनसेलले १० अर्ब रुपैयाँ बुझाएको थियो।
स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो । लामो समदेखि कर तिर्ने/नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया