अन्तत : फाईनान्स कम्पनी पनि आस्बा प्रणालीमा समाबेश हुने भए

 बिजनेसपाटी २७ पौष

ग वर्गका वित्तीय संस्थाहले पनि आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्न पाउने भएका छन्  । नेपाल धितोपत्र बोर्डले यसअघि क र ख वर्गका वित्तीय संस्थालाई मात्र आस्बामा सहभागि गराउने निर्णय गरेको थियो । फाइनान्स कम्पनीहरुले आफुहरुलाई पनि धितोपत्र बोर्डले माघ १ गतेदेखि लागु गर्न खोजिएको आस्बा प्रणालीमा सहभागी गराउन माग गरेका थिए । ‘नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना रहेको छ ।’  धितोपत्र बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले धितोपत्र बोर्ड र अन्य सरोकारवाला निकायहरुमा माग पत्र पेश गर्दै आस्बा प्रणालीमा सहभागी भएर काम गर्न आफुहरुलाई बंचित नगर्न अनुरोध र मिडियामा पनि संघको असन्तुस्टी आएपछि बोर्डले फाइनान्स कम्पनीहरुलाई आस्बामा सहभागि गराउने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले माघ १ गतेदेखि निश्काशन हुने साधारण सेयरको आबेदनमा आश्बा प्रणाली लागु गर्ने तयारी गरेको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया