अन्तराष्ट्रिय सम्मेलन विविध उदेश्यसाथ गरिँदैछ–डिप्लोमा इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सिंहसँग अन्तर्वार्ता

अध्यक्ष–डिप्लोमा इन्जिनियरिङ एसोसिएसन (डीन )

१) डिप्लोमा इन्जिनियरिङ एसोसिएसनले यही अशोज १८ र १९ गते नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा  अन्तराष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलन गर्नुको मुल उदेश्य के हो ?

हामीले विविध उदेश्य साथ यो काम गरिरहेका छौ । किनभने अहिले राज्यलाई ५ लाख जनशक्ति ५ बर्ष भित्र तयार गर्नु छ । जो सामान्य काम होइन । धेरै ठुलो काम हो । त्यसकारण यो राज्यले गरेको हो । हामीले गरेका होइनौं । प्रधानमन्त्रीले उद्घोष गरेको कार्यक्रममा सर्पोट गर्नलाई अलिकति सघाउ पुग्छ भनेर गर्न लागेको । अर्को हामीले के चाहेका छौ भने विदेशीएका जति पनि हाम्रा नेपाली नागरिकहरु छन् । उनीहरु अत्यन्तै अदक्ष भए अर्थात दक्षता केही नभएका युवाहरु धेरै जसो जानु भएको हामी पाउँछौ । तिनीहरुलाई दक्ष रुपमा अघाडी बढाउने हाम्रो अभिप्राय हो । विदेशीनेहरुलाई पनि सधैं त रोक्न सकिन्न । सकेसम्म धेरै दक्ष भइदियो भने हामा्रे बजारमा पनि जति पनि विक्रि हुनसक्छन् । हामीले त्यो दुइ ओटा मुल उदेश्य प्राथमिकतामा राखेका छौ । त्यसै पनि हाम्रो यो डिप्लोमा इन्जिनियरिङ एसोसिएसन भनेको प्राविधिक हिसावले सक्षम हुने उदेश्य बनाएको संस्था हो । अर्को एउटा साउथ एसियामै टेक्निकल एण्ड भोकेशनल तालिमको जो लहर र अभ्यास छ त्यसमा हामीले पनि अघि बढ्न खोजेका हौं ।

२) सम्मेलनको तयारी कस्तो छ ? सहभागिता कस्तो रहला र कार्यक्रमको ढाँचा कस्तो हुनेछ ?

कठमाण्डौमा हुने सम्मेलनमा जम्माजम्मी हाम्रो ५ ओटा विषयहरु छन् । लगभग हाम्रो २५ ओटा कार्यपत्रहरु प्रस्तुत हुन्छन् । सम्मेलन २ दिन सम्म चल्छ । मुख्य रुपमा इनोभेसन इन्टीभेटलाई नयाँ हिसावमा कसरी अघाडी पार्न सक्छौ भनेर प्राथमिकताका साथ राखेका छौ । त्यसैगरी क्वालीटि इस्योरेन्स एस्सोरेन्स इन्टीभेट, इंडस्ट्री-इंडस्ट्री पार्टरनरसीप इन्टीभेट, भोकेशनल स्कील टेनिङ, इनिसिएटिभ फर द सोसियो इकोनोमिक डेभलपमेन्ट र ग्लोबल इनिटेटिभ फर द कम्पीटेटिभनेस लगायत विषयहरु छन् । यी सबैको मुल उदेश्य भनेको सामाजिक आर्थिक विकासको गतिलाई अघि बढाउनका लागि हो । सम्मेलनमा लगभग ५ सय जनाको सहभागिता रहने छ । ६ ओटा नेपाली वीज्ञले र १९ ओटा विदेशी वीज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । विदेशमा काम गरेका लगभग १८ ओटा देशका मानिस सम्मेलनमा सहभागी हुन्छन् । उनीहरु मध्ये वीज्ञ साथीहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

३) विज्ञान र प्रविधिको क्षेत्रमा सरकारी स्तरबाटै लगानी कम हुदै आएको गुनासो छन् । लगानी कम भएकै कारण नेपालमा विज्ञान प्रविधिको क्षेत्र अघाडी बढ्न नसकेको हो ?

बजेट हेर्दा त देखिन्छ । तर बास्तम्बमा विज्ञान र प्रविधिमा जति लगानी हुनुपर्ने हो त्यो भएको छैन । तर प्रविधिको कुरा गर्ने वित्तिकै प्राविधिकहरु माथी जुन किसिमको नेपालमा इमानदारीपुर्वक ब्यवहार हुनु पर्ने हो त्यो भएको छैन । त्यसले पनि प्रविधिको विकासमा अप्ठेरो पारेको छ । प्रविधिको विकास हुनका लागि प्राविधिकको पनि विकास हुनुपर्छ । तपाइले आज कुनै काम गर्नु हुन्छ, तपाइलाई त्यो किसिमको पे गर्न सकेनौ भने तपाइले भोलीपल्ट यो काम गर्नु हुन्न नी । राज्यकै लागि तपाइहरुले पनि काम गर्नु भएको छ । त्यस्तै राज्यले आगामी दिनमा राम्रो प्रविधिहरु देशमा विकास गर्नका लागि प्राविधिकहरुको विकास गरिदिनु आवश्यक छ । अहिले लाखौ साथीहरु छन् । तर संस्थामा धेरै सहभागी नहुनुको कारण हाम्रो डिप्लो इन्जिनियरीङ काउन्सील पनि हो । त्यो काउन्सील ठुलो बाधक छ । राज्यलाई हामीले धेरै पटक घचघचाइ रहेका छौं । त्यो जुन काउन्सीलको स्वीकृति नेपाल सरकारले गर्छ । त्यसपछी धेरै समस्याहरु आपसेआप सुल्झन्छन् । त्यसमा हाम्रा काम गर्ने साथीहरु पनि अनुशासित हुन्छन् । उनीहरु पनि राज्यले ल्याएका नियमहरु भन्दा बाहिर जान पाउँदैनन् । त्यसले गर्दा काउन्सील एउटा ठुलो बाधकको रुपमा पनि छ प्रविधिको लागि ।
प्रस्तुती :- रिसव गौतम-जर्नादन न्यौपाने

प्रकाशित मिति २०७५-६-१७

फेसबुकबाट तपाईको प्रतिक्रिया