अन्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा चिकित्सकहरुदेखि सामाजिक अभिन्यताहरुसम्म सम्मानित

बिजनेसपाटी २९ चैत्र ।
अन्र्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा वुधवार राजधानीको प्रज्ञाभवनमा आयोजित स्वास्थ्य सम्मान कार्यक्रममा एक दर्जन बढी चिकित्सक तथा सामाजिक अभियन्ताहरु सम्मानित भएका छन् । सामुदायिक स्वास्थ्य तथा बिकास केन्द्र, राष्ट्रिय नागरिक विकास समाज र द काठमाण्डु टुडेले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल उपस्थीत थिए । कार्यक्रममा स्वास्थ्य क्षत्रमा विभिन्न रोग सम्बन्धमा विशेष योगदान पु¥याएका चिकित्सकहरुका साथै स्वास्थ्य क्षेत्रमा समाजसेवाको माध्यमबाट योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ छाती रोग विशेषज्ञ डा दिर्घसिंह बम, नेपालकै पहिलो गाइनो रोग विशेषज्ञ प्राडा सानुमैया कँडेल, डा दिपा पाण्डेय, आर्युर्वेदको क्षेत्रमा योगदान पु¥याएका प्राडा दिल्ली रोका, छाती रोग विशेषज्ञ डा मोहनकुमार प्रसाई, वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा दिपक श्रेष्ठ, डा तेन्जीङ घर्ती, डा सुरज कर्माचार्य, वरिष्ठ दन्त चिकित्सक डा सुबासकुमार घिमिरे, किड्नी रोग विशेषज्ञ डा हर्षरत्न शाक्य, आर्युवेद डा रामलाल वैध, समाजसेवाको माध्यमबाट राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा विशेष योगदान राख्दै आएका युवा समाजिक अभियन्ता दिपक कार्की, प्राकृतिक चिकित्सामा योगदान राख्दै आएकी सिर्जना शर्मा आचार्य, बद्री प्रसाद लामिछाने, वरिष्ठ सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ, मेघा हस्पिटल प्रालिका अध्यक्ष किशोरजङ राय, मिडियाकर्मी खेम गुरुङ लगायत सम्मानित भएका थिए । सम्मानित भएकाहरुलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले खादा ओडाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा पुर्वप्रधानमन्त्री खनालले नयाँ संविधान बनेर नयाँ युगको आरम्भ भइसकेकोले अव स्वास्थ्य क्षेत्रमा पनि परिवर्तन हुने बताए । उनले जनताको स्वास्थ्यमा सरकार जिम्मेवार हुनुपर्ने बताउँदै दैन्दिन विकाराल रोगहरु उब्जिएको समेत बताए । उनले भने ‘अव सरकारले आम जनतालाई सहुलियतपूर्ण ढंगले उपचार गर्ने कदम चाल्नुपर्छ’ । कार्यक्रममा बोल्ने क्रममा खनालेले आफु राष्टपती हुनुमा भन्दा नहुनुमा खुशी रहेको बताए ।
त्यसैगरी कार्यक्रमा आफनो छोटो मन्तब्य राखेका पूर्व स्वास्थ्य सचिव एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा दिर्घसिंह बमले मानिसको लागि स्वास्थ्य सबैभन्दा अमुल्य धन रहेको बताए । जनताको स्वास्थ्यको संरक्षण गर्नु सरकारको दायित्व रहेको डा बमले बताए । नागरिकले पनि स्वास्थ्यको विषयमा एक अर्कालाई पर्दा मद्धत गर्नुपर्ने बताए । सबै चिज गर्नको लागि स्वास्थ्य नै अपरिहार्य रहेको उनको धारणा थियो । कार्यक्रममा सयौंको उपस्थीति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया