अन्तर्राष्ट्रिय कलका लागि टेलिकमको आईएसडी सुविधा सेवाग्राही आफैले लिनसक्ने

बिजनेसपाटी २ असार ।

नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी (ISD) सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा असार १ गतेदेखि नै सञ्चालनमा आएकोे टेलिकमले विज्ञप्ती मार्फत जनाएको छ ।

आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि “0000”  र सीडीएमए मोबाइलका लागि “1234” डिफल्ट पिन नम्बर हुनेछ ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN#  डायल गर्नु पर्नेछ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नुपर्नेछ ।

सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN#  डायल गर्नु पर्नेछ ।

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82  डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820  डायल गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया