अन्यथा देश प्रतिगमनमा नजाला भन्न सकिन्न !
सुरेन्द्र ढकाल
गत हप्ता नेपाली राजनीतिका दुई फरक फरक व्यक्तित्व बीपी र पुष्पलालको सम्झना गरिएको समाचारले दुवै विद्युतीय र प्रिन्टिङ छापाको हेडलाइनहरु ओगटिएको पाइयो । बीपीको लाइन छोडी गणतन्त्रात्मक लाइनमा लागेको कांगेस्रले बीपीका विचारहरु अझै सान्दर्भिक छन् भन्दै नेपाली कांग्रेसले अहिले पनि बीपीकै पथमा हिँडेको गुड्डी हाँक्दै छ भने उता सत्तारुढ तथाकथित वामपन्थीहरुले भने संयुक्त आन्दोलन पुष्पलाल पथ भएको र त्यसले सफलता पाएकै कारण नेपालमा वामपन्थीहरु सत्तासम्म पुग्न सफल भएको विश्लेषण गरेका छन् ।
भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएर नलखेटुञ्जेल नेपाली कांग्रेसहरु राजा र पंचायती व्यवस्थाविरुद्ध आक्रामक नै थिए । जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम हान्नु, विमान अपहरण गरी त्यतिखेरको भारु ३० लाख दमपच गर्नु जस्ता आपराधिक कार्यहरु गरेर नेपाली कांगेस्र ले आफूलाई जीवित राजनीतिक शक्तिको रुप रहिरहेको आभास दिएको थियो । तर भारतमा संकटकाल लगाएको कारण त्यहाँ बसी नेपाल विरोधी राजनीति गर्न नसकिने देखेर राष्ट्रिय मेलमिलापको नारा दिँदै भारतको निर्वासन त्यागी बीपी नेपाल आएका थिए ।
अर्कोतर्फ कम्युनिष्ट पार्टीका महासचिव भइसकेका केशरजंग लगायतका वामपन्थी भनाउँदाहरु प्नि पंचायत ब्यवस्था नै एक किसिमको राजाद्वारा नेतृत्व गरिएको बामपन्थी राजनीतिक व्यवस्था हो भन्दै त्यसमा समाहित हुन पुगेका थिए । त्यो अवस्था भनेको तत्कालिन कांगेस्र र वाम दुवै क्रमशः राजाको अगाडि लम्पसार पर्दै गएको देखिन्थ्यो । त्यसैले होला वामपन्थी आन्दोलन भित्रैबाट मोहनविक्रम अनि निर्मल लामाहरुले पुष्पलाललाई गद्दार भन्न सुरु गरेको अवस्था थियो । यद्यपि पुष्पलालले भने केशरजंगले जस्तो राजाको अगाडि लम्पसार हुन पुगेनन् र पंचायत ढाल्न संयुक्त आन्दोलनको खाँचो भएको र आफू त्यसैमा प्रतिबद्ध भएको राजनीतिक अडानमै थिए उनी आफ्नो जीवनकालसम्म ।
उनको त्यो संयुक्त आन्दोलनको आह्वानलाई कांग्रेसले गम्भीरताका साथ नलिएकै कारण २०३६ को जनमतसंग्रहमा सबै वाम दलहरु र कांग्रेसबीच पंचायतलाई पछार्ने कुरामा एकमत र एकता हुन नसक्दा जनमत संग्रहमा बहुदलले हार ब्यहोर्याे । हारलाई बीपीले खुसीसाथ आत्मसात गरे तर मनमोहनले भने टुँडिखेलबाटै ४ लाख फर्जिमत प्रयोग गरी पंचायतलाई जिताएको आरोप लगाए । खास अर्थमा त्यतिखेर पंचायतले जित्दा बीपीको राष्ट्रिय मेलमिलाप र पुष्पलालको संयुक्त आन्दोलन दुवैको पथको पराजय भएको थियो । प्रजातन्त्र नरहे राजतन्त्र पनि नरहने भन्दै बीपीले राजाको र आफ्नो घाँटी जोडिएको बताए तापनि उनको जीवनकालमा उनले बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको देख्न पाएनन् । भनाइको मतलव बीपीको राजासँगको राष्ट्रिय मेलमिलापको नीति असफल भइसकेको थियो र बीपी दीर्घायु भएर बाँचिरहेको भए सायद राष्ट्रिय मेलमिलापको नाममा उनी सुधारिएको पंचायतको प्रधानमन्त्री बन्थे होलान् ।
बीपीको मृत्युसँगै पुष्पलालको संयुक्त आन्दोलनको विचारले नेपाली राजनीतिलाई अगुवाइ गरेकै कारण त्यो विचार सफल हुन पुग्दा २०४६ सालमा पंचायत ढल्यो । तत्पश्चात आफूलाई पुष्पलालका अनुयायी भन्ने बामहरु पनि बारम्बार सत्तामा आए तर राष्ट्रवादको संरक्षण र जनजीविकाको ग्यारेन्टी गर्ने दुवै कुरामा उनीहरु काविल हुन नसक्दा पुष्पलाललाई गद्दार भन्नेहरुको एक जमातले आफूलाई माओवादी घोषित गर्दै जनयुद्ध उठान गर्न पुग्यो । यस क्रममा २०आंै हजार नेपालीले आफ्नो ज्यान गुमाए, खरबौंको विकासका संरचना ध्वस्त भए अनि देश गणतन्त्रमा प्रवेश ग¥यो । यी सबै कुरा हुँदाहँुदै पनि यिनीहरुले न राष्ट्रवादको सम्वद्र्धन न जनजीविकाको ग्यारेन्टी केही गर्न नसक्दा पुष्पलाल गद्दार रहेनछन् भन्ने कुरालाई आत्मसात गर्न उनीहरु बाध्य हुन पुगे । यसप्रकार एमाले माकेबीच एकता हुन पुग्यो । अहिले उनीहरु एकातर्फ पुष्पलालको गुणगान गाउँदै हिँडेको अवस्था छ भने अर्कोतर्फ उनीहरुको ब्यवहार दलाल पुँजीवादको भरौटे जस्तो देखिन पुग्नुले पुष्पलालको संयुक्त आन्दोलनको पथ राजनीतिक रुपमा सफल देखिए पनि राष्ट्रवाद र जनजीविकाको सवाल ओझेलमा पर्न गएको छ । अहिले मात्रात्मक रुपमा पुष्पलालको सिद्धान्त सफल भएको देख्नेको झुण्ड ठूलै भए तापनि गुणात्मक रुपमा पुष्पलालको सिद्धान्त अहिले पनि प्रतिरक्षाको स्थितिमा छ किनकी राष्ट्रवाद र जनजीविकाका मुद्दाहरु अहिले पनि ज्यू का त्यूँ छन् ।
पछिल्लो संसदको चुनावमा नराम्ररी हार ब्यहोर्नु परेको कांगेस्र बामपन्थीसँग मिलेर हामीले गल्ती ग¥यौं राजासँग मिल्नुपर्ने बीपीकै नीति ठीक रहेछ भन्ने निष्कर्षमा पुगेको छ भने पुष्पलालको नाम जपी सत्तारुढ भएका तथाकथित बामहरु राष्ट्रवादको संरक्षणको नाममा लम्पसारवाद र जनजीविकाको नाममा अकूत धन जम्मा गरी कमाउनिष्ट बन्न पुग्नुले यिनीहरुले मानेको पुष्पलाल पथ पनि निमुखा जनताको लागि हात्ती आयो फुस्सा सावित हुन पुगेको छ । यस परिप्रेक्ष्यमा अब देश बचाउने जिम्मा पुष्पलालका खाँटी समर्थकको काँधमा आएको छ अन्यथा देश प्रतिगमनमा नजाला भन्न सकिन्न ।
(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–४–१२
फेसबुकबाट तपाईको प्रतिक्रिया