अफगानिस्तानमा फेरि नेपालीमाथि ‘टार्गेट’
काठमाडौं–७ असार
अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती गर्छ । दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन् ।
उनीहरुलाई डायनकर्पले काबुल जलालावाद हाइवेको नजिकै पर्ने पीडी–९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ । अरु दिनजस्तो सोमबार बिहानै दूतावासको सुरक्षामा खटिने नेपाली टोली काबुलको क्यानेडेली दूतावास जान तयार भए ।
उनीहरु सुनौलो र सेतो रङको मिनी बसमा चढेर काबुल जाँदै थिए । बस नेपालीहरु बस्ने स्थानबाट काबुल जालालावादको मूख्य सडकमा छिर्यो । बस अफगानिस्तानको समयअनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा मूख्य सडकमा प्रवेशमात्रै गरेको थियो, ठूलो आवाजसहित विस्फोटनमा पर्यो । बसलाई पैदलै आएका आत्मघाती आक्रमणकारीले हमला गरेको काबुलका प्रहरी प्रमुख जनरल अब्दुर रहरमान रहिमीले जानकारी दिए ।
यही हमालामा १२ नेपालीको मृत्यु भयो भने ६ नेपाली घाइते भए । विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया