अफगानिस्तानमा बस रोकेर १६ यात्रुको हत्या

 कुन्दुज अफगानिस्तान,१८ जेष्ठ

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार सशस्त्र हतियारधारीहरुले बसमा यत्रारात १६ जना व्यक्तिको गोली हानी हत्या गरेका छन्।  प्रान्तीय राजधानी कुन्दुज सहरको दक्षिणतर्फको बाहिरी इलाकामा पर्ने कजाकाह क्षेत्रमा गुडिरहेका बस रोकेर मंगलबार यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान लामो दुरीमा चल्ने तीनवटा बस बीच बाटोमा रोकी कम्तीमा १६ जना अफगान नागरिकको गोली हानी हत्या गरेका बताइएको छ । यसैगरी तीनै बसमा रहेका ४५ सर्वसाधारणको अपहरण समेत गरेका समाचारमा जनाएको छ ।

ती तीनवटा बसमा माहिला बालबालिकासहित करिब १८० यात्रु सवार रहेका प्रहरीले जनाएको छ । तालिवान आतङ्ककारी समूहले यस हत्या र अपहरणको जिम्मा लिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया