अफगानिस्तानमा रोजगारीः रोक्ने कि पठाउने दुविधामा सरकार

काठमाडौं–८ असार

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि मात्र सरकारले त्यस मुलुकलाई रोजगारीका लागि खुला नै राख्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारीका लागि खुला गर्ने गरेको छ ।

अफगानिस्तानमा घटेको घटाना नेपालीप्रति नै लक्षित भएको पाईए त्यहीअनुसार रोजगारीका लागि बन्द हुनसक्ने सम्भावना रहेको बताए । उनले भने, ‘एक दुई घटना हुँदैमा बन्दगरिहाल्ने वा खुला गर्ने भन्ने हुँदैन । अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययनपति नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइए त्यसको विश्लेषणपछि मात्रै सरकारले आवश्यक निर्णय गर्नेछ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया