अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा १५ जनाको मृत्यु

काबुल २० असोज २०८०।

पश्चिमी अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यूएस जियोलोजिकल सर्भेका अनुसार इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । स्थानीय समयअनुसार बिहान ११ बजे ६।३ म्याग्निच्युडको भूकम्प गएको सर्भेको भनाई छ ।
भूकम्पमा भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अफगान अधिकारीहरूको भनाई छ । पहिलो भूकम्पपछि कम्ती अन्य तीन शक्तिशाली भूकम्प गएको बताइएको छ ।
घटनामा घाइते भएकाहरूको सहरको मुख्य अस्पतालमा उपचार भइरहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । गत वर्षको जुनमा पाकटिकामा ५.९ म्याग्निच्युडको भूकम्पमा जाँदा १ हजार जनाभन्दा बढीले ज्यान गुमाएका थिए । agency

फेसबुकबाट तपाईको प्रतिक्रिया