‘अबको१० बर्षमा देश माओवादीमय बनाउँछौ’
प्रकास गौतम ‘आदित्य’
पोलिटव्युरो सदस्य, नेकपा माओवादी केन्द्र
१) पार्टी एकता भएपछि र नेतृत्व सरकारमा पनि गएपछी नेकपा माओवादी केन्द्रको राजनीतिक गतिविधि कसरी अघाडी बढदैछ ?
अहिलेको विधमान राजनीतिक परिस्थीति नयाँ ढंगले अघाडी बढ्ने कोसिस भइरहेको छ । यसको पेरीफेरीमा रहेर हाम्रो समग्र माओवादी आन्दोलनमा एकतापछी तलैसम्म बैठक भेला गरी पार्टी गतिविधि अघि बढिरहेको छ । एकता भेला सम्पन्न गर्दै पार्टी सुदृढिकरणको अभियानमा लागेका छौ । आन्तरिक रुपमा र बाह्य रुपमा एकतालाई, माओवादी आन्दोलनको मुल मर्मलाई कसरी स्थापित गर्ने र तलैसम्मका मागलाई सम्बोधन गरी त्यसको पेरीफेरीमा मुलुकलाई कसरी अघाडी लैजाने भन्नेमा प्राथमिकताका साथ हामी अघि बढेका छौ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । हामीलाई एउटा महत्वपुर्ण अवसर मिलेको छ, देश र जनताको निम्ती काम गर्न । हामीले यो अवसरलाई क्यास गर्न सक्यौ भने हामी अति नै लोकप्रिय हुने सम्भावना पनि छ । त्यो गरिँदा हाम्रा लागि आगामी बाटाहरु अति नै सकारात्मक हुनेछन् । माओवादी आन्दोलनमा जुन आर्कषण छ त्यो अझै बढेर जाने सम्भावना छ । यसरी सरकारमा रहेर जनताको काम गर्ने र अर्को पार्टी सुदृढिकरण गर्ने दुबै अवसर हामीलाई मिलेको छ । यो अवसर हामीले क्यास गर्न सक्नुपर्छ । त्यसो गर्न सकिएन भने हामी जनताबाट पनि च्युत हुन्छौ र माओवादी आन्दोलनमा पनि निराशा पैदा हुन्छ । सहिद परिवारका, जनयुद्धमा होमिएका र दुख पाएका साथीहरुको अपेक्षामा तुशारापात हुन्छ । त्यसकारण यस चुनौतीपुर्ण घडीमा सही निर्णय साथ राम्रो काम गरेर पार्टी र सरकारले अघि बढनुपर्छ । पार्टीलाई कसरी सुदृढीकरण गर्ने, कसरी आम कार्यकर्तालाई पुर्न संगठीत गर्ने भन्नेमा हाम्रो आन्तरिक अभ्यास छ । त्यसो भयो भने, हामी सफल भयौ भने हाम्रा लागि शुभ दीनहरु सुरु हुन्छन ।
२) पुष–मागमा महाधिबेशन गर्ने कुरा थियो तर तुइयो नी ?
पुषमा महाधिबेशन गर्ने कुरा पहिलो बैठकले ठोस गरेको थियो । महाधिबेशन आयोजक समितिको पुन बैठक गर्न नसकिएको कारण स्थगित भएको छ । हाम्रो सांगठनीक सरचनाको सञ्चालनको निम्ती कस्तो खालको कार्यविधि सञ्चालन गर्ने, त्यो विधिको बारेमा कार्यदल नै गठन गरेर बहस भैरहेको अवस्था थियो । त्यसले पुर्णता हासिल गरिरहेको थिएन । आयोजक समितिबाट त्यसलाई पुर्णता दिएर अघाडी बढ्ने भन्ने थियो । आयोजक समिति बैठक बस्ने सम्भावना क्षिण भयो । जसले गर्दा महाधिबेशन नै स्थगित भएको अवस्था छ ।
३) समाचारमा आए अनुसार आयोजक समिति खारेज नै भयो भन्ने छ नी ?
आयोजक समितिको खारेजको कुरा त छैन । त्यो अहिले बाहिर हल्ला मात्र छ । त्यसलाई कसरी व्यवस्थीत गर्ने र अघाडी बढाउने भन्ने चाँही छ ।
४) हिजो तपाइ मणि थापा नेतृत्वको सानो पार्टीमा हुनुहुन्थ्यो । अहिले ठुलो पार्टीको त्यो पनि पोलिटव्युरो जस्तो महत्वपुर्ण जिम्मेवारीमा हुनुहुन्छ । कस्तो अनुभव हुदैछन ?
हिजो पनि विचार र राजनीतिको हिसावले कहिल्यै सानो महसुस गरेनांै । आम जनताको भावनाको राजनीतिको प्रतिनिधित्व गर्ने, जनताको जल्दाबल्दा समस्याको प्रतिनिधित्व गर्ने सन्र्दभमा हामीले सानै पार्टी भएपनि आवाजहरु म्ुाखरीत गरिरहेका थियौ । यद्यपी ठुलो पार्टीसँग एकतापछी, जिम्वेवारी बदलिएपछि केही फरक अनुभव त हुने नै भयो । त्यसकारण विचार र राजनीतिक हिसावले केही फरक पाइएको छैन । जिम्मेवारीका हिसावले केही फरक हुनु स्वभाविक हो ।
५) पार्टी नेतृत्व सरकारमा गएको छ । जनअपेक्षा धेरै छन । सरकार र सागंठनीक गतिविधी कसरी अघाडी बढछन त ?
जनताले त हिजो पनि माओवादी प्रति धेरै अपेक्षा गरेका थिए । आज पनि गरेका छन । माओवादीले नै परिवर्तनका मुद्धा, ऐजेण्डा र विषयबस्तुहरु अघाडी सारेको हो । त्यसकारण माओवादी प्रति नै बढी आशा र भरोसा हुनु स्वभाविक छ । हिजोका दिनहरुमा जनअपेक्षा बमोजिम केही कामहरु हुन नसकेकोले माओवादी प्रति केही विर्कषण पनि भयो । जसले समग्र माओवादी आन्दोलनलाई प्रभाव पा¥यो । अहिले सबैतिरबाट यसको गहिरो महसुस भएको छ । करेक्सन गरेर आम जनतामा जानुपर्छ । र, हामीले न्यायपुर्ण आन्दोलनको मुल मर्ममाथी सही ढंगले मुल्य मान्यता स्थापित गर्नुपर्छ भन्ने तलदेखि माथीसम्म अनुभव भएको छ । अव जिवन व्यवहारमा कार्यान्वयन गर्ने अवस्थामा भोली त्यो कसरी आउँछ । जनताको भावानाको प्रतिनिधित्व गर्ने, जनताको न्यायको प्रतिनिधित्व गर्ने यो पार्टी हुन्छ की हुदैन ? भन्ने प्रश्न पनि उठेको छ । त्यसको निम्ती अव नेतृत्व देखि कार्यकर्ता र समर्थकसम्म माओवादीको वरीपरी रहने, सबैको अघाडी जनप्रिय हुने अवसर चाँही हामीले अहिले पाएका छौ ।
६) प्रधानमन्त्रीले त निर्देशन बढी नै दिइरहेका छन । त्यसले मात्र काम हाला त ?
हाम्रो पार्टीको सरकार बन्दाखेरी सकारात्मक कार्यबट सुरु ग¥यो । प्रधानमन्त्रीले गरिवको निम्ती काम गर्छु भनिसक्नु भएको छ । विदेशमा अलपत्र पर्ने देखि लिएर दुर्घटना लगायतमा पर्नेलाई उद्धार गर्ने कार्य लगायत थुप्रै कार्य गर्न थालिसक्नु भएको छ । हिजो मात्रै जनताको नाममा सम्बोधन गरेर सरकारले निकै राम्रा कार्यक्रहरुको घोषणा गरेको छ । मुटु, मृगौला लगायतका ठुला ८ रोगमा निशुल्क उपचार गर्ने घोषणा भएको छ । त्यो गरिव र निम्न बर्गको हितमा जारी छ । यसरी सरकार नयाँ दिशातर्फ अघाडी बढदैछ । सरकारले थुप्रै कार्य गर्न बाँकी छ । यसको अनुगमन गर्दै कहाँ–कहाँ कमी कमजोरीहरु छन । त्यसलाई नियमन र निगरानी गर्दै, यहाँ पुरै अस्थव्यस्थ परिस्थीति छ । त्यसलाई एउटा नीति कार्ययोजना बनाएर अघाडी बढनु पर्ने स्थीति देखिन्छ ।
७) पार्टी एकीकरण गरेर आएको मणी–मातृका लगायत धार नेतृत्वसँग अलिक असन्तुष्ट बनेका भन्ने हल्ला छन नी ?
मिडियामा कँही न कँही थोरै कुरा सुन्नमा त हामीकोमा नी आयो । आधिकारीक रुपमा असन्तुष्ट नै भएर राजनीतिक वैचारिक रुपमा फरक ढगले बाहिर आए जस्तो मलाई लाग्दैन । केही नेतृत्वदायी कुराहरुमा, पार्टीलाई सुदृढीकरण गरेर जाने कुरामा, विचार तथा राजनीतिमा एउटा माओवादी आन्दोलनमा थुप्रै प्रश्नहरु छन । त्यसको असली उत्तर दिने क्रममा पार्टी भित्र एउटा बहस र छलफल चाँही भएका छन ।
८) प्रधानमन्त्रीले विशेष दुत मार्फत मोदीलाई लेखी पठाएको पत्रको त विरोध छ नी बजारमा ?
विरोध आइरहको छ । सरकारले एउटा कुटनीतिक ढंगले यसलाई कसरी हल गर्ने भन्ने सन्र्दभमा पत्राचार भएको हो । यसको पुरै जानकारी मलाई पनि छैन ।
९) मधेशीको समस्या हल गर्ने सन्र्दभमा मोटामोटी रुपमा पार्टी भित्र के कस्ता कुरा भइरहेका छन ?
सरकार अहिले जसरी नयाँ ढंगले गठन भएको छ । खासगरी यी समस्या यसैसँग सम्बन्धित विषय छ,आशा पनि गरेका छन । फेरी मधेशी मोर्चाको कतिपय सकारात्मक कुराहरुलाई, विषयहरुलाई नयाँ ढंगले त्यसको एउटा समिक्षा सहित अव उहाँहरुलाई पनि संविधान संशोधन प्रक्रियामा र राजनीतिक मुलधारमा समेटेर लैजानु पर्नेछ । त्यसको निमित्त आन्तरिक रुपमा राजनीतिक सहमती भएको हुनुपर्छ । उहाँहरुले पनि त्यसलाई सहज ढंगले समग्र राजनीतिमा जुन खालको परिस्थीति देखा परेको छ । त्यसको हल तथा समाधानको निमित्त उहाँहरु पनि लचिलो भएर आउने त्यो कुरा भइरहेको थियो । विचमा फेरी कहीँ न कहीँ अन्तर कुन्तरमा समस्या भएको आभास हुन्छ । तर त्यो हल गर्नका निमित्त नेतृत्व पंक्ती अत्यन्त गम्भिर छ । यसको निमित्त आन्तरिक रुपमा छफफल पनि भइरहेका छन । त्यसलाई औपचारिक छलफलबाट मधेशका मुद्धाहरुलाई कसरी सम्बोधन गर्ने, हल गर्ने, हिजो माओवादीले उठाएका विषयबस्तुहरुसँग सम्बन्धित पनि छ कतिपय कुराहरु त्यो कुरालाई हल गर्नृका निमित्त लागि परेरहेको छ ।
१०) अन्तिममा माओवादी आन्दोलनमा लामो समय देखि कार्यरत हुनुहुन्छ । यहाँसम्म आइपुग्दा कस्तो महसुस भइरहेको छ ?
उतार र चढाबको विचमा स्वयम माओवादी आन्दोलन पनि छ । विशेषगरी कम्युनिष्ट आन्दोलन आफैमा उतार र चढावको विचमा छ । माओवादी आन्दोलन पनि झण्डै झण्डै एउटा क्लाइमेक्सको शान्ति प्रकृयाबाट अघि बढीसके पनि १० बर्षे जनयुद्धमा हाम्रा कयौ उतार चढाबहरु आए । १० बर्षे जनयुद्धको घनिभुत अनुभुती गरेका छौ । १० बर्ष पछीको शान्तिपुर्ण प्रकृयाको पनि अनुभुत गरेका छौ । फेरी हामीले पार्टी एकता पनि गरेका छौ । यो कोर्सको अन्त्य भएको छ भने अर्को नयाँ अध्यायको सुरु भएको छ । यो विचमा संविधान पनि प्रस्तुत भएको छ । परिस्थीति नयाँ ढंगले फेरबदल हुन पुगेको छ । नयाँ अध्यायको सुरुवातमै हामी माओवादी पार्टी एकढिक्का भएका छौ । फेरी अवको १० बर्षको विचमा माओेवादीमय बनाउनु पर्छ भन्ने हाम्रो वीचमा आन्तरिक प्रतिबद्धता छ । फेरी यो अभ्यासमा हामी फेल भयौ भने एउटा अफठ्यारो परिस्थीति हामीमाझ आउँछ । त्यसमा सामना गर्ने तागत र नयाँपन पनि माओवादी भित्रै छ । अवको यो अभ्यास पनि असफल सिद्ध भयो भने हामी धेरै खतरामा फस्ने र धेरै ठुलो चक्रव्युहमा फस्ने समभावना पनि छ । अहिले यो आन्दोलनबाट माओवादी पार्टीलाई फष्ट पार्टी बनाउनु पर्छ भनेर पार्टीले चाँही एउटा नारा केन्द्रित गरेको छ । नारा तय गरेको छ ‘ जनताको माओवादी जनताको घरघरमा’ त्यो नारालाई जनताको जनमानसमा स्थापना गर्ने गरी निर्देशन छ हाम्रो । ३ नं प्रदेशले ‘जनताको माओवादी जनताको घरघरमा परिवर्तन र सम्बृद्धिको लागि नेकपा माओवादी केन्द्र पहिलो नम्बरमा’ भनेर यसरी हामीले नारा स्थापित गरेका छौ । यो नारालाई जनताको विचमा लैजाने र हामी यतिखेर एकताको अभियानमा छौ । माओवादी आन्दोलनलाई पुर्नरसंगठन गर्ने र जनताको मुद्धा ऐजेण्डाहरुलाई आफेले स्वामित्व लिने किसिमले हामी जानु जरुरी छ । नयाँ ढंगले पुर्नरसंगठन गरेर जानुपर्छ भनेर नयाँ ढंगको एउटा योजना बनाइरहेका छौ । त्यो योजना कार्यन्वयन गर्न सकियो भने पार्टी नयाँ ढंगले अघाडी बढ्छ भन्ने हामीलाई पुर्ण विश्वास छ ।
प्रस्तुती रिसव गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया