अबको क्रान्ति बल्की राष्ट्रघात विरुद्ध !
सुरेन्द्र ढकाल
पोलिटब्युरो सदस्य
(नेकपा माले)
नेपाली जनताको प्रतिनिधिको प्रचण्ड बहुमतले संविधानसभाले बनाएको संविधान पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यस संविधानसँग विमति राख्नेहरुले संसदमा दुईतिहाइ पु¥याई यसको संसोधन गर्न सक्ने ब्यवस्था भएको हुँदा अब विवाद गर्ने दिन गएको छ । अबको कार्य भनेको राष्ट्रघातीहरुलाई गिंड्दै पर्यावरण मैत्री आर्थिक समृद्धि हासिल गर्नु हो । तसर्थ अब हुने क्रान्ति राजनीतिक हुनेवाला छैन बल्की राष्ट्रघात विरुद्ध लक्षित हुने छ ।
२००७ सालमा राणाशाही विरुद्ध भनिएको क्रान्तिको सबैभन्दा ठूलो फाइदा भारत, राजा अनि कांगेस्रहरुले उठाए । यसले भारतसँग विशेष सम्बन्ध
स्थापित ग¥यो जसको नाममा राजाको प्रमुख सल्लाहकार भारतीय रहने र नेपाल सरकारको क्याबिनेटको बैठकमा भारतीय राजदुत रहने ब्यवस्था भयो । २०१७ सालमा कू गरेर राजा महेन्द्रले पंचायत ब्यवस्था लागु गरे । त्यसबेला दुबै छिमेकी भारत र चीन युद्धमा होमिएका थिए । राजा महेन्द्रको
कदमको विरोध गर्दा चिनियाँ सेना नेपाल हुँदै भारत पस्ला भन्ने डरले पंचायत ब्यवस्थालाई भारतले मान्यो । राजा महेन्द्रले त्यही मौकामा कोदारी राजमार्ग खोली चीनसँग प्रत्यक्ष यातायातको सम्बन्ध जोडेपछि त हो न हो राजा महेन्द्र साँच्चैको राष्ट्रवादी रहेछन् भन्ने प¥यो । तर पंचायतलाई स्थायित्व दिन दीर्घकालीन रुपमै भारतसँग सम्बन्ध राम्रो हुनुपर्ने बुझेर होला उनले सन् १९६५मा सरदार यदुनाथ खनाललाई सुटुक्क भारत पठाइ भारतसँग राष्ट्रघाती सैनिक सम्झौता गरेका रहेछन् जसअनुरुप नेपालले हातहतियार, सैनिक पोसाक टोपी, पेटी जुत्ता सबै चिज भारतबाट मात्रै किन्नुपर्ने ब्यवस्था भई नेपालको हैसियतलाई भुटानको हैसियतमा झारेका रहेछन् । यही कारण पंचायत ३० वर्ष टिकेको रहेछ । भनाइको मतलव राजा
महेन्द्रको १७ सालको कदमबाट पनि ठूलो फाइदा भारतले नै उठाएको रहेछ ।
पाकिस्तानलाई विखण्डन गरी स्वतन्त्र बंगलादेश बनाउन र सिक्किमलाई भारतमा विलय गराउन इन्दिरा गान्धि सफल भएपछि सन् १९६५ को गोप्य
सैनिक सम्बन्धबारे अनभिज्ञ युवराज वीरेन्द्र राजा भएपछि उनले अन्तर्राष्ट्रिय जगतमा भारतलाई एक्लाउने उद्देश्यले नेपालको शान्तिक्षेत्र प्रस्ताव अघि सारे जसलाई भारत र सोभियत संघबाहेक विश्वका ११६ राष्ट्रहरुले समर्थन गरेपछि राजा वीरेन्द्र भारतको आँखामा कसिंगर बन्न पुगे । जसको फलस्वरुप २०४६ मा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगायो । राजा वीरेन्द्र र उनका प्रधानमन्त्री मरिचमान सिंहले त्यसको डटेर सामना गरेपछि भारत अत्तालियो र नेपालका प्रतिबन्धित राजनीतिक दलहरुलाई उचालेर उसले आन्दोलन गर्न लगायो । भारतका अगाडि घँुडा नटेक्ने राजा वीरेन्द्रले शाही घोषणा गरी जनतालाई बहुदलीय ब्यवस्था दिए । यस परिवर्तनबाट पनि भारतले नै फाइदा उठायो । विश्वका ११६ राष्ट्रले मानेको
शान्तिक्षेत्रको प्रस्ताव एकाएक गायव भयो भने आन्दोलन पछि प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले भारत गई नेपालका सबै नदीनालाहरु साझा
हुन् भन्दै त्यस्तो विज्ञप्तिमा हस्ताक्षर ठोकिदिए ।
२०४७ सालमा नेपालमा बहुदलीय ब्यवस्था कायम भई राजा संवैधानिक भएपछि भारतले नेपालमा रहेका १ करोड आप्रवासी भारतीयहरुलाई नेपाली
नागरिकता दिन दबाब दिन थाल्यो । भारतका कठपुतली कांग्रेस एमाले जस्ता दलहरुले तिनीहरुलाई नागरिकता दिने विधेयक पास गरी लालमोहर
लगाउन राजासमक्ष पु¥याए तर राजा वीरेन्द्रले नेपाललाई फिजी बनाउन सक्ने त्यस्तो विधेयकमा लालमोहर नलगाई रायको लागि भन्दै सर्वोच्च
अदालत पठाइ दिन थालेपछि भारत राजा वीरेन्द्रसँग झनै चिढियो । अनि उसले नेपालबाट राजसंस्थालाई सदाको लागि विदा दिने उद्देश्य राखी नेपालको माओवादी आन्दोलनलाई मलजल गर्न थाल्यो । आप्mनै देशको माओवादी आन्दोलन दबाउन नसक्ने भारतले नेपालका माओवादीको उत्थान गर्न लाग्नुको पछाडि स्वार्थ भनेकै नेपालबाट राजतन्त्र खतम गर्नु थियो । माओवादी आन्दोलन उत्कर्षमा पुगेकै अवस्थामा भारतले षडयन्त्र गरी राजा वीरेन्द्रको वंश विनाश गरी नयाँ भएका राजा ज्ञानेन्द्रलाई पनि नागरिकता विधेयकमा लालमोहर लगाउन दबाब दिन थाल्यो । तर दाजुले जस्तै ज्ञानेन्द्रले पनि नागरिकता विधेयकमा हस्ताक्षर गर्न नमानी बरु ठीक त्यसको विपरीत नेपालमा भएको दलाई लामाको कार्यालय बन्द गराउने र
चीनलाई सार्कमा ल्याउनुपर्ने अडान राख्न थालेपछि भारतले माओवादीलगायत सबै दलहरुलाई दिल्ली बोलाइ १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्न लगायो जसको फलस्वरुप नेपालमा राजतन्त्रको अन्त्य भयो र १२ बँुदेमा हस्ताक्षर गर्ने माओवादी, एमाले र नेपाली कांग्रेसले नागरिकता विधेयक पास गरी १ करोडमध्ये ६३ लाख भारतीयहरुलाई पहिलो चरणमा नेपाली नागरिकता दिन भ्याए । यसप्रकार २०६३ को आन्दोलनबाट पनि सबैभन्दा बढी भारतले फाइदा उठायो र यही कारण नेपाल अब फिजी हुने वा नेपालबाट तराई विखण्डन हुने समस्याबाट गुजँ्रदै छ ।
नेपाली जनताले भने हरेक पटकको आन्दोलनमा सहभागिता जनाए तर हरेक आन्दोलनबाट एकलौटि रुपमा भारतले फाइदा लिएपछि अब नेपाल भने राष्ट्र रहने कि नरहने भन्ने दोसाँधमा आइपुगेको छ । तसर्थ अब नेपाललाई जोगाउने हो भने विगतका आन्दोलनको विपरीत शुद्ध राष्ट्रवादी आन्दोलनको खाँचो छ जसले नेपाललाई विखण्डन गर्दै भारतमा लगेर विलय गराउने कुत्सित भारतीय इरादालाई भण्डाफोर गर्न र नेपालको स्वतन्त्रतालाई अक्षुण्ण राख्न सकोस् । तसर्थ अबको जनक्रान्ति भनेकै राष्ट्रघात विरुद्धको हो जसको शतप्रतिसत फाइदा नेपाल राष्ट्र र नेपाली जनताले पाउन् ।
प्रकाशित मिति २०७४-१२-८
फेसबुकबाट तपाईको प्रतिक्रिया