अब एक साताभित्रै संविधान संशोधन

काठमाडौं ८ अशोज

प्रधानमन्त्री प्रचण्डले एक साताभित्र संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गर्ने गरी मधेस केन्द्रीत दलसँग कुराकानी थालेका छन् निर्वाचनलगायत संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउन समय घकिँदै गएकाले प्रचण्डले सहमति प्रयासलाई तीव्रता दिएका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुने गरी सीमाकंन हेरफेर माग्दै आएकामा प्रचण्डले विवादित पाँच जिल्लालाई उच्चस्तरीय राजनीतिक संयन्त्र वा सीमाकंन पुनरावलोकन आयोगमार्फत टुंग्याउन सकिने विकल्पसहित मोर्चासँग वार्ता थालेका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया