अब प्रधानमन्त्री बन्ने पालो महिलाकोः सभामुख घर्ती

काठमाडौँ ७ भदौ
सभामुख ओमसरी घर्तीले देशको कार्यकारी पद प्रधानमन्त्री महिला पुग्नुपर्ने बताएकी छन्।
 अनेरास्ववियु (क्रान्तिकारी) पदमकन्या क्याम्पस एकाइ कमिटीले आज आयोजना गरेको तीज कार्यक्रममा उनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्तो देशको उच्च ओहोदामा पहिलोपटक महिला पुगेको चर्चा गर्दै अब कार्यकारी प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताईन्।
सभामुख घर्तीले संविधान कार्यान्वयनमा चुनौती देखिएको भन्दै सबै दल मिलेर कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिईन् । उनले नेपालको संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जयपुरी घर्ती, पोलिटब्युरो सदस्य शशी श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का अध्यक्ष धर्मशीला चापागाईं, नायिका रेखा थापा सो तीज कार्यक्रममा सहभागी थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया