अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्घ

बिजनेसपाटी २० भदौ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ ।
सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment र real-time / NCHL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान ज्यू र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गर्नु भएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया