अभिनेत्री आशा भुषाललाई टेलिफिल्म अर्वाड
काठमाण्डौ २७ कार्तिक २०७८ ।
अभिनय मार्फत कलाको जादु पस्कदै आएकी अभिनेत्री आशा भुषाल टेलिफिल्म अर्वाड प्राप्त गर्न सफल भएकी छिन् । कोभिड १९ का कारण सुस्ताएको चलचित्र उद्योगले गति लिन केही समय लाग्ने अनुमान सबैको रहेको बर्तमान समयमा आफना दर्शकहका लागि टेलिफिल्मको मार्फत उनी काँचको पर्दामा प्रवेश गरेकी थिइन् ।
लोकप्रिय टेलिफिल्म भद्रगोल माफत आफनो अभिनय कर्ममा सक्रिय आशा भुषालले यस बर्षको बहुप्रतिक्षित ‘विराट म्युजिक एण्ड फिल्म अर्वाड २०७८’ सोही टेलिश्रिङखला मार्फत प्राप्त गरिन् ।
सर्वोकृष्ठ अभिनेत्री अर्वाड जितेपछी अभिनेत्रीले अभिनय नै आफनो जिवनको लक्ष्य उदेश्य रहेको बताइन् । उनले भनिन् ‘यस्ता खालका सम्मान र अर्वाडले अझै शसक्त रुपमा काम गर्न हौसल्ला मिलेको छ । माध्यम जेुकै होस् अभिनय मार्फत आफना दर्शकलाई सधैं खुशी राख्नु मैले कतब्य ठानेको छु ।’
विराट मिडिया नेटवर्कको आयोजनामा गत विहिबार राजधानीको काठमाण्डौमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्व गजराज तथा विशेष अतिथि नेपाल चलचित्र निर्माण ंसघका अध्यक्ष आकाश अधिकारी ज्युका हातबाट उनले सो अर्वाड प्राप्त गरेकी हुन् । कार्यक्रममा नेपाली चलचित्र क्षेत्र र साँगीतिक क्षेत्रका विविध विधामा अर्वाड वितरण गरिएको थियो ।
कार्यक्रममा प्रख्यात अभिनेता सरोज खनाल र लोकप्रिय गायिका मञ्ज थापालाई समेत राष्टिय ब्यक्तित्व सम्मान प्रदान गरिएको थियो । साथै रंगपत्रकारहरु पनि सम्मानित भएका थिए ।
द्ध
फेसबुकबाट तपाईको प्रतिक्रिया