अभिनेत्री केकीको ‘इन—आउट’

बिजनेसपाटी २५ कार्तिक

लामो समयपछि फिल्ममा फिरेका रमेश उप्रेती आफैले निर्माण गर्न लागेको फिल्म ‘ऐश्वर्या’मा अभिनेत्री केकी अधिकारीले खेल्ने पक्का पक्की थियो । तर, केही समयअघि उनले फिल्म नखेल्ने खबर मिडियामा आयो । कारण—अर्कै फिल्म छायाँकनका कारण लामो समय दिन नसकेको ।

तर, फेरि अहिले खबर आएको छ—केकीले अभिनय गर्ने भनिएका दुई फिल्म ‘घामपानी’ र ‘ऐश्वर्या’ एउटै समयमा छायाँकन हुने भएपछि उनले ‘घामपानी’ रोजेकी हुन् ।

तर, कारणवश ‘ऐश्वर्या’को छायाँकन भर्खरै सुरु भएको छ भने ‘घामपानी’को सक्किइसकेको छ ।

यता निर्माण युनिटले समय मिल्ने भएपछि ‘आउट’ भएकी केकी फेरि ‘इन’ भएको बताइरहेको छ । खास कारण जे सुकै होस् केकीको ‘इन—आउट’ खबरले भने नेपाली फिल्म जगतमा राम्रै चर्चा पायो । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया