अभिनेत्री रश्मिका मन्दानालाई ‘बैंग्लोर टाइम्स मोस्ट डिजाइरेबल वुमन २०२०’को उपाधि

काठमाडौं २०, जेष्ठ २०७८,।
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले ‘बैंग्लोर टाइम्स मोस्ट डिजाइरेबल वुमन २०२०’ को उपाधि जितेकी छिन् ।

दक्षिण भारतीय चलिचित्र क्षेत्रमा निकै लोकप्रिय उनीले सन् २०१४ देखि मोडलिङ सुरु गरेकी थिइन् । फिल्मी करियर सुरु गरेकै वर्ष उनले ‘टाइम्स फ्रेस अवार्ड’ पनि पाएकी थिइन् ।
त्यसैगरी ‘मोस्ट डिजाइरेबल म्यान २०२०’ को उपाधि भने ‘केजीएफ’ स्टार यश उर्फ रकी भाइले जितेका छन् ।

रश्मिका मण्डनाले सन् २०१६ मा चलचित्र ‘किरिक पार्टी’बाट अभिनय यात्रा थालेकी हुन् । उनी अभिनित पहिलो चलचित्र नै ब्लकबस्टर बनेको थियो । त्यसपछि कनन्ड, तमिल र हिन्दी लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनी चाँडै नै बलिउड ‘बिग बी’ अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै पनि छिन् । दक्षिण भारतमा यतिवेला उनी सबैभन्दा बढी रुचाइएकी अभिनेत्रिको रुपमा चिनिन्छिन्
नवभारत टाइम्सबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया