अमरेश कुमारलाई देश निकाला गर्न माग गर्दै प्रदर्शन

काठमाडौं ८ साउन ।
कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई देश निकाला गर्न माग गर्दै एमालेसम्वद्ध युवा संघले राजधानीमा आज प्रदर्शन गरेको छ । संसदमा बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी ओलीलाई मानसिक रोगी भनेपछि हंगामा भएको थियो । एमाले संसदहरुले नियमापत्ति गरेपछि सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् । सिंहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर युवा संघ नेपालले उनलाई देश निकाला गर्न माग गरेको छ । युवा संघले गोगंबु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा युवा संघका अध्यक्ष राजिव पहाडी सहित केही नेता कार्यकर्ताको संलग्नता थियो । युवा संघलले भोलि वानेश्वरमा प्रर्दशन गर्ने निर्णय समेत गरेको प्रवक्ता प्रभातबिक्रम कटुवालले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया