अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह

काठमाडौँ १९ असार

काबुल-अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन्। तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन्।
उनले इदउल फितरको पूर्व सन्ध्यामा दिएको सन्देशमा भनेका छन्– अमेरिकाले अफगानिस्तानमा देखाएको पाखुराको बल तथा सैन्य बलको प्रयोगको कुनै प्रयोग छैन, त्यसलाई तुरुन्त रोके हुन्छ।
अमेरिका र उसको गठबन्धनका पश्चिमा देशहरुका लागि भन्दै उनले दिएको भिडियो सन्देशमा अफगान जनता यस्ता कुनै पनि विदेशी सैन्य शक्तिसँग नडराउने र उनीहरुका विरुद्धमा अन्तिम समयसम्म पनि लड्ने बताएका छन्।
उनले हाल अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी र विदेशी सेनाले दिएको सुरक्षाको कामलाई उनीहरुको पेसा भनी नामाकरण गरेका छन्। उनले अफगानिस्तानका नागरिक विदेशीसँग नडराउने तर सहिद बन्नुपरे पनि तयार रहेका छन् भन्दै बन्दुकले नागरिक मारेर अमेरिकीहरु सफल नहुने पनि दाबी गरेका छन्।
उनले भनेका छन्– तिमीहरुले कुनै समूह वा संगठनसँगमात्र होइन कि सिगो अफगानिस्तानसँग नै लडाईं गरिरहेका छौ तर पनि जित्नेवाला भने छैनौँ।
अफगानिस्तानको राजधानी काबुलमा कम्तीमा पनि ३२ जना प्रहरीको हत्या गरेको दुई दिनपछि उनको यो भनाई आएको छ। उनले यसअघि अफगानिस्तानको सरकारले गरेको शान्तिवार्ताको आग्रहका बारेमा भने केही बताएका छैनन्। साथै उनले शान्तिवार्ताका बारेमा आफ्नो भनाई पनि राखेका छ्रैनन्। रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया