अमेरिकाले गर्यो एक महिला सहित २० जना नेपालीलाई डिपोर्ट

काठमाडौं ३० माघ २०८१ । अमेरिकाले एक महिला सहित २० जना नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन माघ ७ गते देखि माघ २९ गते को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएका हुन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो । अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा विना भिसा यात्रा गरेको र गलत नियतका साथ बसोबास गरेकाले फर्काइएको व्यहोरा उल्लेख छ ।
ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया