अमेरिकाले दियो भारतमा आक्रमण हुनसक्ने चेतावनी

काठमाडौं १७ कार्तिक ।
भारतका धार्मिक स्थल र बजारमा विदेशीमाथि आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकहरूलाई सावधान हुन अमेरिकाले सचेत गराएको छ । भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले मंगलवार जारी गरेको विज्ञप्तिमा भारतमा रहेका सबै अमेरिकी नागरिकलाई सावधानी अपनाउन सचेत गराइएको समाचार दी टाइम्स अफ इन्डियाले अनलाइन संस्करणमा प्रकाशित गरेको छ ।
दूतावासको विज्ञप्तिमा विस्तारका लागि सेप्टेम्बर ९ मा जारी भ्रमण सावधानी हेर्न पनि अनुरोध गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया